bageshwari


 बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ। सतीदेवीको जीव्रो पतन भएकोले पहिले बाक्यश्वरी, बाग्यश्वरी हुँदै बागेश्वरी नाम रहन गएको जनश्रुती छ। यहाँ पशुपति जान आएका बाबा र चेलाले रात बिताएको र सपनामा देवीले आफ्नो थान उक्त स्थानमा रहेको बताएपछि उक्त स्थानको पहिचान भएको थियो। खोज्दै जादा खाल्डो भएको ठाउँ देवीको थान भएकोले त्यसैलाइ आधार मानी मन्दिर स्थापना गरिएको थियो। सोहि खाडलमा अहिले पनि खुला दर्शन गराउने गरिन्छ।

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। मुख्य पुजारी मन्दिर स्थपना गर्दा बाबासँगै आएका चेलाको पुस्ता रहेकोछ। अहिले २४औँ पुस्ता चन्द योगी रहेका छन्। मन्दिर स्थापना गर्ने बाबाको समाधि पिपल बोट छेउमा छ। दशैमा सप्तमी, अष्ठमी, नवमीमा ठुलो भिड हुनेगर्छ। सप्तमीमा फुलपाती भित्राउने काम सेना प्रहरीले गर्छन्। अष्ठमीमा बली दिने गरिन्छ। दशैको दशौ दिनसम्म भिड हुन्छ। तिज, शिवरात्री, जनैपूणिर्मा, तिहार सबै हिन्दु पर्वमा भिड हुनेगर्छ।

माता बागेश्वरीमा भकल गरी पुजा विधि गरे मागेको पुरा हुने विश्वास गरिन्छ। ठुलो तलाउको नजिकै रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। यो मन्दिर २०२५, २०३३ पछि धेरै पटक पुर्ण निर्माण गरेर भव्य स्वरुप पाएकोछ। अहिले तामाले छाएको निकै ठुलो आकर्षक प्यागोडा शैलीको मन्दिर छ। छेउछाउमा मण्डप, शनी मुर्ती, गणेश मुर्ति, नाग मुर्ती, रामसिता मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर रहेकोछ। मन्दिरको छेउमा सिद्ध पोखरी रहेकोछ। जसको बिचमा महादेवको मन्दिर रहेकोछ। जुघा भएको महादेवको एकमात्रै मन्दिर उक्त पोखरीमा रहेकोछ।


Comments

Popular posts from this blog

about nepalgunj